मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

आईजीआई प्रुडेन्सियलले सुरु गर्‍यो एकीकृत कारोबार

बिहीबार, २८ वैशाख २०८०, १३ : ०६
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मिलेर बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ । दुई कम्पनीबीचको मर्जर सम्झौता सम्पन्न भएसँगै आईजीआई प्रुडेन्सियलले एकीकृत कारोबार सुरु गरेको हो । आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्सले गत वर्षको माघ महिनामा मर्जर गर्ने सम्झौता गरेका थिए । दुई कम्पनीहरुको मर्जरमा जाने आपसी सम्झौतालाई बीमा प्राधिकरणले गत चैत २६ गते नै स्वीकृति दिएको थियो ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा आईजीआईका तर्फबाट हेमराज ढकाल छन् । यससँगै, एकीकृत कारोबार सुरु गरेको कम्पनीको नेतृत्वमा अधिकांश आईजीआईकै तर्फबाट छन् । मर्जरपछि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी बनाउनुपर्ने व्यवस्था कायम गरेको छ । सोहीअनुसार निर्जीवन बीमा कम्पनीहरु धमाधम मर्जरमा जाँदैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप