नायिका आयशा जुल्काले फिल्म छोड्नुको कारण बताइन् : भनिन्, ‘ग्ल्यामर गर्ल बनेर थाकिसकेकी थिएँ’

खिलाडी, जो जीता वही सिकन्दर, मासुमजस्ता फिल्मबाट आफ्नो पहिचान बनाउने नायिका आयशा जुल्का ठुलो पर्दामा आएको धेरै समय बितिसकेको छ । उनलाई अन्तिम पटक फिल्म ‘जिनियस’ मा देखिएको थियो । अब हालै नायिकाले एक अन्तरवार्तामा फिल्म उद्योग छोड्नुको कारण बताएकी छिन् । आफूले पाइरहेको कामले आफू सन्तुष्ट नभएको पनि उनले बताइन् । एक समयपछि आफू ग्ल्यामर गर्ल वा त्यस्तै खालको फिल्ममा कास्ट हुन नचाहेको उनले जानकारी दिइन् ।
आफू लायकको काम नपाएपछि अभिनय छोडेँ
भारतीय सञ्चार माध्यम टाइम्सलाई दिएको अन्तरवार्तामा आयशाले फिल्मको पात्र भिन्न भएता पनि ती सबै एकै किसिमको हुने गरेकोले आफूले यो क्षेत्रमा केही नयाँ अनुभव गर्न नपाएको बताइन् । जुल्काले फिल्मबाट ब्रेक लिएको कारण बताउँदै भनिन्, ‘ मैले आफ्नै कुनै प्रोजेक्ट गरेँ भने त्यसमा केही विशेष गर्नेछु भन्ने मलाई लाग्यो । तर मलाई केही गर्न मौका दिए त त्यसो गर्न सम्भव थियो । खासमा सोचेजस्तो भइरहेको थिएन । यो साँच्चै नै मेरा लागि योग्य काम थिएन । त्यसैले मैले अभिनयबाट टाढिने निर्णय गरेँ ।’
ग्ल्यामर गर्ल होइन कलाकारको रूपमा पहिचान बनाउनु थियो
अक्षयसँग खिलाडीमा काम गरेपछि जुल्काले यो उद्योगमा आफ्नो भिन्न पहिचान होस् भन्ने चाहना राखेकी थिइन् । आफूलाई सुन्दर अनुहारका लागि मात्र नभई अभिनयका लागि पनि मानिसले चिनुन् भन्ने उनको चाहना थियो । उनले भनिन्, ‘सबै नायिका अपग्रेड हुन चाहन्छन् । आफ्नो अभिनय कलाका लागि पहिचान बनाउन चाहन्छन् । ग्ल्यामर गर्लको रूपमा होइन । म पनि यही चाहन्थेँ ।’
उनले थपिन्, ‘तर यस्तो भइरहेको थिएन । त्यहाँ हामीबाट बारम्बार कपडा फेर्न, नाच्न, गीत गाउन, हिरोसँग रोमान्स गर्न अपेक्षा गरिन्थ्यो । मैले जस्तो काम पाइरहेको थिएँ, त्यो मलाई मन परिरहेको थिएन । त्यसमा सन्तुष्ट थिइनँ । त्यसैले मैले आफ्नो ऊर्जालाई कतै लैजान निर्णय गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान