बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कांग्रेसको तयारी, निर्णय भोलि

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठक खाणकाे पक्राउमा केन्द्रित थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि देउवाले अपराह्न पदाधिकारी बैठक राखेका हुन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणकाे पक्राउपछिकाे पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए । सहमहामन्त्री महेन्द्र यादवले भने खाणलाई षड्यन्त्र पूर्वका पक्राउ गरिएको भन्दै लाेकतन्त्रमाथि खतरा रहेको बताएका थिए ।
आजको बैठकले खाणबारे कुनै निर्णय भने नलिएको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार भोलि दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितकाे बैठक बस्ने छ । एक पदाधिकारीले भने, 'आज छलफल भएको छ । भोलि पदाधिकारी र पूर्वपदाधिकारीकाे बैठक बसेर निलम्बनबारे निर्णय हुन्छ ।'
पार्टीको जिम्मेवारीबाट खाणलाई निलम्बन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको पक्षमा कांग्रेस उभिने ती पदाधिकारीले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता