अनुसन्धानले दोषी प्रमाणित गरेकालाई प्रहरी प्रशासनले छोड्दैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको जानकारी दिए ।
उनले भने– ‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा भयो त्यसको सन्दर्भमा हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउन हामी लागिपरेका छौँ ।’ आजको प्रमुख ३ दलका नेताहरुको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताए ।
केही दिनअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रमा गएका बेला भएको आक्रमणको सन्दर्भमा दुःख प्रकट गर्न फोन गरेको र सो क्रममा काठमाडौँ आएपछि भेट्ने प्रतिबद्धता जनाएकोले ओलीलाई भेट्न बालकोट गएको दावी गरे । गृहमन्त्री श्रेष्ठले सो भेटमा नक्कली शरणार्थी प्रकरण सामान्य भ्रष्ट्राचारको केश नभएको कुरामा दुवैजनाको एक मत भएको बताए ।
सो प्रकरण राष्ट्रघाती कुकर्म भएको बताउँदै उनले त्यसमाथि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने र दोषी जो भएपनि कारवाही गर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताए । हिजो बालुवाटारमा ३ प्रमुख नेता सहभागी बैठकमा पनि सोही कुरा भएको उनले उल्लेख गरे । प्रमुख नेताहरुले आफूलाई यो प्रकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको समेत गृहमन्त्री श्रेष्ठको दावी छ ।
उनले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताउँदै जे अनुसन्धानले देखाउँछ उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने उल्लेख गरे । दलका प्रमुख नेताहरुसँग निर्दोष फसाउनु हुँदैन र कुनैपनि पूर्वाग्रह राखेर पक्राउ गरिदैन भनेर आफूले प्रतिबद्धता जनाएको समेत श्रेष्ठले बताए । दोषी कोही पनि नछोड्न प्रहरीलाई स्ट्यान्डबाई रहन निर्देशन दिएको पनि मन्त्री श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने