बोल्ड अवतारले के होला शिल्पाको करिअर ?

काठमाडौँ । अभिनेत्री शिल्पा मास्के पछिल्लो समय चर्चामा छिन् । उनको चर्चाको कारण फिल्म ‘परस्त्री’ भएको छ । फिल्मको केही दिन अगाडि सार्वजनिक फष्टलुक पोस्टरमा उनी निकै बोल्ड अवतारमा देखिएकी छन् । पोस्टरको स्वदेशको अलावा बलिउडमा पनि चर्चा भएको छ । शिल्पाका यस अगाडि ‘कागजपत्र’, ‘द ब्रेक अप’ र ‘फूलबारी’ फिल्म आएका थिए । ‘कागजपत्र’, ‘द ब्रेक अप’ फिल्म उनी खासै दर्शकको नोटिसमा परिनन् । फिल्म समेत नचल्दा उनी निराश हुनुपर्ने अवस्था बन्यो ।
फिल्म ‘द ब्रेक अप’मा त उनले केही चुम्बनका दृश्य समेत दिएकी थिइन् । उक्त दृश्यले चर्चा पाए पनि फिल्म नचल्दा उनी निरस बन्नुपर्यो । ‘फूलबारी’ मा भने उनको केमियो भूमिका थियो । फिल्मले राम्रै व्यापार गरे पनि जस उनको भागमा परेन । सायद त्यसैले होला उनी ‘परस्त्री’ मार्फत करियर परिवर्तन गर्ने दाउमा छिन् । त्यसैले पनि उनी फिल्ममा बोल्ड रूपमा प्रस्तुत भएकी छन् । सुरज पाण्डेको निर्देशित फिल्ममा उनका केही अन्तरङ्ग दृश्यहरू पनि रहेको चर्चा छ ।
शिल्पाले बोल्ड बनाएर करियरमा एक किसिमको चुनौती उठाएकी हुन् । ‘परस्त्री’ चल्यो भने उनको यो चुनौती सफल पनि हुनेछ । फिल्म चल्दा उनको करियर उँभो लाग्ने कुरोमा दुई मत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)