कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रशिक्षण दिने
बुधबार, २७ वैशाख २०८०, १५ : ५५

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तीन दिन प्रदेशभित्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ । कांग्रेस लुम्बिनी प्रदेशले प्युठानमा यही वैशाख २९, ३० र ३१ गते प्रशिक्षण दिने भएको हो ।
उक्त प्रशिक्षण मा प्रदेशका १२ जिल्लाबाट झण्डै एक सयजना अगुवा कार्यकर्ताहरुको सहभागिता रहने जनाएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले कार्यकर्ता पंक्तिमा आएको नैराश्यता, विचलन र अनुशासनहीनता न्यूनीकरण गर्न प्रशिक्षण दिन लागिएको जानकारी दिए ।
यस्तै प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कांग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय