जनार्दन शर्माले भने–अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुको विकल्प छैन
काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका सांसद जनार्दन शर्माले आगामी बजेटमा रोजगारी वृद्धि र उत्पादन सृष्टि गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै शर्माले आर्थिक संकुचनको बेला अर्थतन्त्रमा सुधार गर्न सरकारी खर्च बढाउनुपर्ने बताएका हुन् ।
सांसद शर्माले समग्र आर्थिक अवस्थामा संकुचन आएको अवस्थामा बजेट निर्माण महत्त्वपूर्ण पक्ष भएको बताउँदै आगामी बजेट नियन्त्रित र विस्तारकारित बनाउन आवश्यक रहेको बताए ।
उनले भने,‘निश्चित क्षेत्रमा विस्तारकारित बनाउनुपर्छ भने अन्य क्षेत्रमा खर्च कटौती र नियन्त्रण गर्नुपर्दछ । वर्तमान अवस्थामा देखिएका आर्थिक संकुचन र निकट भविष्यमा आउँदै गरेको वित्तीय क्षेत्रको चुनौतीलाई गम्भीर भएर सोचौं र आर्थिक संकुचनबाट जोगाउँदै अर्थतन्त्रलाई पुनः बजेट नै सबैभन्दा महत्त्वपूर्ण कार्यनीति भएकोले अर्थतन्त्रको संकुचनलाई देखाएर बजेट घटाउन थालियो भने अर्थतन्त्र झन् संकुचनतर्फ जान्छ । किनकि अर्थतन्त्रलाई संकुचनबाट वृद्धितर्फ लैजान सरकारी खर्च बढाउनुबाहेक अन्य कुनैपनि रणनीति हुन सक्दैन ।’
आर्थिक गतिविधि बढाउनका लागि बजेट व्यवस्थाको स्रोतलाई ध्यान दिन आवश्यक रहेको सांसद शर्माले बताए । यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सरकारी स्रोत व्यवस्थापनको चुनौती भएपछि निजी क्षेत्रको प्रवर्द्धनले निजी क्षेत्रलाई राहत पुग्ने बताए । अर्कोतर्फ निजी क्षेत्र चलायमान हुँदै गएपछि मात्र सरकारले आम्दानी सुनिश्चित गर्ने बताए । साथै बजेट बनाउनुपूर्व सबै मन्त्रालय र संस्थाहरुको १० प्रतिशत चालू खर्च कटौती गर्ने योजनाको पुर्नप्राथमिकीकरण गर्ने, रोजगारी वृद्धि उत्पादन सृष्टि गर्ने कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।
सांसद शर्माले नेपालसँग प्राकृतिक स्रोतसाधन प्रशस्त रहेको, पर्यटनको अथाह सम्भावना, जंगल, खानी, पशुपति, लुम्बिनी, मुक्तिनाथ, लिमीभ्यालीका साथै युवाबहुल श्रमशक्ति रहेको बताउँदै विकास र समृद्धिमा फड्को मार्न किन सकेनौँ भन्दै प्रश्न गरे ।
उनले यसको कारण पहिचान गर्नुपर्ने बताउँदै हामीसँग उपलब्ध स्रोत र साधन श्रमको सही सदुपयोग गर्न सही दृष्टिकोण, क्षमता र व्यवस्थापकीय दक्षताको अभाव रहेको बताए ।
साथै उनले भ्रष्टाचार र ठगीविरुद्ध सरकारको कारबाही स्वस्थ निष्कर्षका साथ अगाडि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो