भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । जापान सरकारको ऋण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ ।
सो आयोजनाद्वारा बुधबार यहाँ काठमाडौँमा कार्यक्रममा ‘गोर्खा भूकम्प’ का कारण क्षतिग्रस्त अवस्थामा पुगेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुर जिल्लाका दुई सय ७४ विद्यालयको पुनः निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत दुई ७४ विद्यालयमा सात सय ६० भवन, दुई हजार २०३ कोठा, एक सय १६ प्रयोगशाला, एक सय ८४ पुस्तकालय र एक सय ३३ कम्प्युटर कक्ष निर्माण भएको छ ।
यसैगरी दुई सय १४ वटा बालविकास कक्ष, १७ वटा बहुउपयोगी हल, ९२ वटा प्रशासनिक कोठा, ५५ वटा भान्सा कोठा, ६५ वटा भण्डारण कक्ष, ६९२ वटा छात्र तथा आठ ३१ वटा छात्रा शौचालय निर्माण भएको आयोजनाले जनाएको छ ।
कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले नेपालको विकास प्रयासमा महत्त्वपूर्ण भूमिका खेलेको जापानले २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भवन पुनःनिर्माणमा अतुलनीय सहयोग गरेको भनी जाइका–नेपालसहित जापान सरकारलाई धन्यवाद दिए ।
भूकम्पपछि नवनिर्मित विद्यालय भवन मित्रताको स्मारकका रूपमा उभिने चर्चा गर्दै शिक्षामन्त्री राईले नेपालको समग्र विकास निर्माणमा जापान सरकारबाट यसअघि जस्तै सहयोग उपलब्ध भइरहने विश्वास व्यक्त गरे ।
शिक्षा सचिव रामकृष्ण सुवेदीले गुणस्तरीय एवं भूकम्प प्रतिरोधात्मक भवन निर्माण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिँदै नवनिर्मित विद्यालय भवनको संरक्षण, सम्बद्र्धनसहित गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले गोर्खा भूकम्पका कारण असहज परिस्थिति बेहार्न बाध्य नेपालाई एक घनिष्ठ मित्रराष्ट्रका हैसियतले भूकम्प, बाढीपहिरोलगायत वातावरणीय जोखिमलाई समेत दृष्टिगत गरी विद्यालय भवन निर्माण गरेको जानकारी दिए ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख डिल्लीराम लुइँटेल र तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख इन्जिनियर सुशील ज्ञवालीले जाइका नेपालले तयार गरेको मार्गनिर्देशन र राष्ट्रिय भवनसंहिता अनुकूल हुनेगरी निर्माण भएका विद्यालय भवन भूकम्प प्रतिरोधी र बाल तथा अपाङ्गमैत्री रहेको बताए ।
नेपाल सरकारको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा सहयोग पुर्याउने उल्लेख गर्दै सो आयोजनाले विद्यालय भवन पुनःनिर्माणबाट करिब एक लाख विद्यार्थी र पाँच हजार शिक्षक प्रत्यक्ष लाभान्वित हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने
-
बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने