विदेशी मोबाइल, टिभी र गाडी बेचेर देश धनी बन्न सक्दैन : ज्ञानेन्द्र शाही
![विदेशी मोबाइल, टिभी र गाडी बेचेर देश धनी बन्न सक्दैन : ज्ञानेन्द्र शाही](https://npcdn.ratopati.com/media/news/gyanendra-shahi_B1veqVd0Xn.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीले सरकार विदेशी वस्तु आयातमा केन्द्रित भएको तर स्वदेशी उत्पादनमा ध्यान नदिइरहेको आरोप लगाएका छन् । संसद्मा आइतबारदेखि जारी आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै सांसद शाहीले विदेशी वस्तुको व्यापार गरेर देश संवृद्ध हुन नसक्ने तर्क गरे ।
‘विदेशी मोबाइल, टिभी, घडी र गाडी बेचेर देश धनी बन्न सक्दैन । यहाँको उत्पादन बढाएर निर्यात गर्ने पहुँचमा नेपाल पुर्याउनुपर्छ । तर, हामी स्वदेशी जडिबुटी, काठ, फर्निचर, खनिज, मदिरा केही पनि निर्यात गर्न नपाउने गरी ऐन बनाइरहेका छौँ । यस्तो स्थितिमा हामीले कसरी संवृद्धि हासिल गर्ने ? सांसद शाहीले प्रश्न गरे ।
सोही अवसरमा सांसद शाहीले ३४ वर्षे संसदीय व्यवस्थामा मुलुकले धेरै विज्ञ अर्थमन्त्री पाएको तर देशको वास्तविक अर्थतन्त्र र स्थिति बुझेको मन्त्री नपाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक
-
कोरियाबाट फर्किएर व्यवसाय गर्ने पाँच व्यवसायी पुरस्कृत