सामरी खोलामा तटबन्धन गर्न एमाले सचेतक बर्तौलाको माग
बुधबार, २७ वैशाख २०८०, १२ : ३९

काठमाडौँ । एमालेका सचेतक महेश बर्तौलाले मकवानपुर गढीको सामरी खोलामा तटबन्ध गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसँगै चिन्तामा रहेको बताए । सो खोलाका कारण सिंगो मकवानपुरगढी गाउँपालिका प्रभावित भएको जानकारी गराउँदै बाढी पहिरोको जोखिममा रहेको बताए ।
उनले बलियो तटबन्धको आवश्यकता रहेकोले त्यसका लागि बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । त्रिवेणी धामदेखि मनहरीको लोथरसम्म राप्ति नदी नियन्त्रणका लागि बृहत गुरुयोजना बनेको र त्यसको लागि सरकारले विशेष ध्यान दिन आग्रह गरे । यस्तै मातातीर्थ शौखेल बाटो निर्माणको काम अघि बढाउन पनि उनले माग गरे ।