यस्तो छ देशको वर्तमान आर्थिक चित्र, शोधनान्तर स्थिति १८० अर्बभन्दा बढी बचतमा (पूर्णपाठसहित)
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक स्थिति झल्काउने रिपोर्ट सार्वजनिक गरेको हो ।
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ । यस्तै आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
रिपोर्टमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ । यसैगरी शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको पनि रिपोर्टमा उल्लेख छ ।
यस्तै ९ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित