‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने
काठमाडौँ । ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ वितरण गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार’ को लाग आवेदन माग गरेको छ । विश्व धूम्रपानरहित दिवसका अवसरमा ३१ मे मा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले सो पुरस्कार प्रदान गर्न लागेको हो ।
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमनमा योगदान पुर्याउने व्यक्ति, सङ्घ–संस्था, कानुन कार्यान्वयन गर्ने निकाय र ती निकायमा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्ट ६ जनालाई पुस्तकार प्रदान गरिने सचिवालयले जनाएको छ ।
ती निकायमा कार्यरत कर्मचारीबाट आफूले पुर्याएको योगदानको विवरणसहित जेठ ५ गते भित्र स्वास्थ्य कर कोषको सचिवालय वा स्वास्थ्य कर कोषको सचिवालयको इमेल ठेगाना मा आवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै