ओबामादेखि बाइडेनको ट्वीटर ह्याक गर्ने युवकद्वारा आफ्नो अपराध स्वीकार

न्युयोर्क । सामाजिक सञ्जालको इतिहासमा नै सबैभन्दा ठुलो ह्याकको घटनामा गत महिना अमेरिकालाई सुपुर्दगी गरिएका बेलायती नागरिकले आफ्नो भूमिका रहेको स्वीकार गरेका छन् । सन् २०२० को जुलाई महिनामा १३० वटाभन्दा बढी हाईप्रोफाइनल ट्वीटर अकाउन्टहरू ह्याक भएका थिए । यसमा बराक ओबामा र जो बाइडेनसमेतको ट्वीटर पनि सामेल थियो ।
प्लगवाकजो भनेर चिनिने २३ वर्षीय जोसेफ जेम्स ओ’कनरले ह्याक गरेको घटनामा आफ्नो अपराध स्वीकार गरेका हुन् । यसमा अधिकतम सजाय ७० वर्षको रहेको छ । सो ह्याकिङ ठुलो स्तरको बिटकोइन स्क्यामसँग सम्बन्धित रहेको थियो ।
स्पेनबाट सुपुर्दगी गरिएका जोसेफले कयौँ ट्वीटर अकाउन्टहरू ह्याक गरेर त्यहाँबाट ट्वीट गर्दै एउटा अकाउन्टमा बिटकोइन पठाउन आग्रह गरेका थिए । उनले त्यो रकमलाई दोब्बर बनाइदिने वचन दिएका थिए ।
जोसेफसहित यस घटनामा अन्य तीन जनाविरुद्धको मुद्दा चलाइएको थियो । अमेरिकी किशोर ग्राहम इभान क्लार्कले सन् २०२१ मा आफ्नो गल्ती स्वीकार गरेका थिए । त्यस्तै ओर्लान्डोका निमा फजेली र बेलायतका मेसन सेफर्डविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
सन् २०२० मा करिब ३५ करोड ट्वीटर प्रयोगकर्ताहरूले चर्चित अकाउन्टहरूबाट सो ट्वीट देखेका थिए । यसमा हजारौँ मानिसहरू धोकाधडीको शिकार बनेका थिए । ट्वीटरका लागि सो समय यो ठुलो लज्जाको विषय बनेको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ