मन्त्रिपरिषद्
सरकारले संशोधन गर्यो झिटिगुन्टा नियमावली, विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने
एमडीएमएस लागू गर्न सहज गर्नेगरी मन्त्रीपरिषद्को निर्णय
मङ्गलबार, २६ वैशाख २०८०, २३ : ४५

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीले आफूलाई आवश्यक हुने थप एक मोबाइल ल्याउन पाउने भएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो । साथै, त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
‘के घर के डेरा : घर नं २’ को टिजरमा प्रेम, वियोग र मानसिक यातना
-
५ वर्ष सामाजिक सुरक्षा भत्ता नबढाउन सरकारलाई सुझाव
-
सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
भन्सारमा हुने चोरी पैठारी रोक्न करमाथि पुनर्मुल्याङ्कन गर्न सुझाव
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ