नेपालगञ्जमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्तिमगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भएका हुन् । मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गरेका तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो । निमित्त प्रहरी प्रमुख घर्तिमगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुरयाएको र उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए ।
उनले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टपछि परिवारलाई बुझाइने बताए । टिप्पर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए