इमरान खानमाथि जबरजस्ती गरिएको छैन : गृहमन्त्री

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि कुनै जबरजस्ती नगरिएको भन्दै पाकिस्तानका गृहमन्त्रीले स्पष्टीकरण दिएका छन् । गृहमन्त्री राना सनाउल्लाहले इमरान खान कानुनी पत्र पठाएपछि पनि पेस नभएको र उनलाई राष्ट्रिय खजानामाथि क्षति पुर्याएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
उनले भने, ‘इमरान खान नोटिस पठाउँदासमेत पेस भएका थिएनन् । उनलाई राष्ट्रिय खजानाको क्षति गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि कुनै जबरजस्ती गरिएको छैन ।’
इमरान खानविरुद्ध मे १ मा पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त पक्राउ पुर्जी नेशनल अकाउन्टिबिलिटी ब्युरोका अध्यक्ष लेफ्टिनेन्ट नजिर अहमदले जारी गरेका थिए ।
यसमा भनिएको थियो – इमरान खानमाथि एनएबी अध्यादेश १९९९ को धारा ९ ए अन्तर्गत भ्रष्टाचारको आरोप छ ।
गिरफ्तारीपछि अभियुक्तलाई सोधपुछका लागि अदालतमा पेस गरिने वारेन्टमा बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक