‘डाकिनी’ जेठ ५ मा रिलिज हुने
काठमाडौँ । विश्वका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि फिल्म ‘डाकिनी’ नेपाली हलमा रिलिज हुने भएको छ । फिल्म निर्माण कम्पनी षट्कोण आर्टस्ले यो फिल्म जेठ ५ गते नेपाली हलमा रिलिज गर्न लागेको हो ।
अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो फिल्मको नेपाली नाम ‘डाकिनी’ हो । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथामा बनेको हो ।
षट्कोण आर्ट्सका नेपाली निर्माताहरू रवीन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज गर्न लागेका हुन् । रिलिजकै दिनमा पहिलो शोसहित फिल्मको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ जसको आकर्षण बन्नेछन् यस फिल्मका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) । उनी बौद्ध धर्मका ठुला गुरु समेत हुन् । गुरु रिम्पोछेको यो पाँचौ फिल्म समेत हो ।
रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन् । उनको काठमाडौँ आगमनकै छेको पारेर षट्कोण आर्ट्सले फिल्मलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले बताए । फिल्मको सबै सुटिङ पनौती र पाटनमा भएको हो ।
यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुबैले अभिनय गरेको यो पहिलो फिल्म हो । कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत फिलममा अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?