गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिए

गजामा इजरायली हमलामा ‘इस्लामिक जिहाद’ का तीन कमान्डर मारिएका छन् । इजरायली लडाकु विमानले गजा पट्टीमा गरेकाे बम बारीमा उनीहरु मारिएका हुन् । इजरायली सेनाले इस्लामिक जिहाद सङ्गठनका नेताहरूलाई निशाना बनाउन अपरेसन ‘शिल्ड एन्ड एरो’ सुरु गरेको थियो ।
सेनाले तीन इस्लामिक जिहाद कमान्डरलाई मारेकाे जानकारी दिएका छन् । समाचार एजेन्सी रोयटर्सले पनि यस हमलामा तीन नेता मारिएकाे बताएकाे छ । प्यालेस्टिनी अधिकारीहरूले पनि तीन वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गरेका छन् ।
इजरायली सेनाले उनीहरूलाई खलिल बहतिनी, जाहेद अहनम र एज्जदीनको रूपमा पहिचान गरेको छ । एएफपी संवाददाताका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजेपछि हवाई आक्रमण सुरु भएको थियो ।
BREAKING: We just targeted another senior operative of Islamic Jihad—Tarek Az Aldin.
— Israel Defense Forces (@IDF) May 9, 2023
The IDF will continue to operate to protect Israeli civilians. pic.twitter.com/gFjsbwAi8B
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड