कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन् : देवेन्द्र दाहाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धताहरू पनि माग गरेका हुन् ।
उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । सुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’ राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन
-
नेपाल र भारतबिच ऊर्जा विकासका लागि सम्झौता
-
कश्मीरको पहलगाममा पर्यटकमाथि आतंकवादी हमला, १ जनाको मृत्यु, दर्जन बढी घाइते
-
केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
-
कक्षा १२ काे परीक्षा सार्न प्रधानमन्त्रीको अनुरोध, निर्णय गर्दै बोर्ड
-
‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति चयन