आजदेखि १२ कक्षाको परीक्षा सुरु

काठमाडौं । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् । त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।
१७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् ।
यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले