मंगलबार नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा, ग्रेड वृद्धिको २८ गते

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । उक्त परीक्षामा नियमित विद्यार्थीले मात्र दिन पाउनेछन् ।
ग्रेड बृद्धि तथा आंशिक विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा २८ गते दिनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले सोही अनुसार परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार भोलि (मंगलबार) नियमित विद्यार्थीको मात्र अंग्रेजी विषयको परीक्षा हुन लागेको हो ।
यो वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरिएको छ । जस अनुसार दुई वा सो भन्दा जति विषयमा नन ग्रेडेड अर्थात एनजी छ त्यति विषयको मात्र ग्रेड बृद्धिका लागि परीक्षा दिनुपर्नेछ ।
यसअघि दुई भन्दा बढी विषयमा नन ग्रेडेड भएमा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने प्रावधान थियो । बोर्डको प्रस्तावमा शिक्षा मन्त्रालयले अन्तिम समयमा आएर निर्देशिका संशोधन गरेको हो । संशोधन गरेको सूचना भने बोर्डले परीक्षा हुनु एकदिन अगाडि मात्रै सार्वजनिक गरेको छ ।
भोलिबाट कक्षा १२ को परीक्षा हुँदैछ भने बोर्डले निर्देशिका संशोधनको सूचना आज मात्र जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा