बोल्ड दृश्य दिएर पनि अघि बढ्न सकेनन् यी अभिनेत्री
मुम्बई । हिन्दी फिल्म उद्योगमा धेरै अभिनेत्री छन्, जो बोल्ड तथा ग्ल्यामरस अन्दाजको कारण चिनिएका छन् । केही अभिनेत्री यस्ता पनि छन् । जसले अभिनयमा निकै बोल्ड दृस्य दिएका छन् । तर करियर भने उँभो लाग्न सकेन । ती मध्य ४ अभिनेत्री यस्ता छन् ।
तनुश्री दत्त:
तनुश्री दत्ताले सन् २००५ मा फिल्म ‘आशिक बनाया आपने’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्ममा उनको अलवा इमरान हाशमी र सोनु सूद पनि थिए । तनुश्रीले यस फिल्ममा दिएको बोल्ड सिनको कारण उनको चर्चा ब्यापक भएको थियो । तर, फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन । यसपछि पनि तनुश्रीले धेरै फिल्ममा आफ्नो बोल्डनेस देखाइन् । तर उनको करियर लामो समय टिक्न सकेन ।
उदिता गोस्वामी:
उदिता गोस्वामीले फिल्म ‘पाप’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले ‘जेहेर’मा पनि बोल्ड सिन दिएकी थिइन् । धेरै मिहिनेत गर्दा पनि उदिताले दर्शकको मनमा आफ्नो स्थान बनाउन सकिनन् । अहिले उदिता लामो समयदेखि चलचित्र दुनियाबाट टाढा छिन् । उदिताले प्रसिद्ध फिल्म निर्देशक मोहित सुरीसँग विवाह गरेकी हुन् ।
नेहा धुपिया:
नेहा धुपियाले बलिउडमा प्रवेश गर्ने बित्तिकै आफ्नो बोल्डनेसले सबैलाई चकित तुल्याएकी थिइन् । फिल्म ‘जुली’मा बोल्ड सिन दिएको कारणले पनि चर्चा कमाएकी उनको करियरमा बोल्ड सिनले राम्रो गर्न सकेन । अभिनेत्रीका एकपछि अर्को फिल्म फ्लप हुँदै गएपछि उनी ठूलो पर्दाबाट टाढा भइन् ।
गीता बसरा:
गीता बसरा पनि अहिले फिल्ममा कमै देखिने गर्छिन् । अभिनेत्री फिल्म ‘द ट्रेन’का कारण चर्चामा आएकी थिइन् । यस फिल्ममा उनले इमरान हाश्मीसँग बोल्ड दृश्य दिएकी थियन् । बोल्डनेसका कारण उनी सो समय मिडियाको हेडलाइन बनिन् । तर फिल्ममा उनको सक्रियता भने बिस्तारै कम हुन थाल्यो । अहिले उनी क्रिकेटर हरभजन सिंहसँग वैवाहिक जीवन बिताइरहेका छन् ।