प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएकाे छ । सोमबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्ति गर्नेछन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
-
अम्बानीको कम्पनीका लगानीकर्ताहरूलाई ३० मिनेटमै ६ खर्ब ९० अर्ब भारु फाइदा
-
वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार