राजनीति
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु
सोमबार, २५ वैशाख २०८०, १८ : २९

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक सोमबार सिंहदरबारमा सुरु भएको हो ।
बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने जनाइएको छ ।
प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।
विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
-
भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो
-
मातातिर्थ औँसीका दिन गुरु आमाहरूलाई कुटेर सरकारले राम्रो काम गरेन : सांसद सेजुवाल
-
राजामौलीको ड्रीम प्रोजेक्ट ‘महाभारत’मा नानी एक हिस्सा हुने
-
अनेरास्ववियुमा पनि उठ्यो उमेरहदको बहस
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै