सर्वोच्चले भन्यो– प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्नू (आदेशसहित)
![सर्वोच्चले भन्यो– प्रतिनिधिसभा सदस्यमा विन्दवासिनीलाई स्थापित गर्ने निर्णय यथास्थितिमा राख्नू (आदेशसहित)](https://npcdn.ratopati.com/media/news/bindabasini_i3x3zJAgjE.jpg)
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पदमा विन्दवासिनी कसांकारलाई स्थापित गर्ने रास्वपाको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रास्वपाले कंसाकारलाई प्रतिनिधिसभा सदस्य पदमा स्थापित निर्णय गरेपछि बर्खास्तीमा परेका ढाकाकुमार श्रेष्ठ सर्वोच्च गएका थिए ।
ढाकाको रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलालले यसबारे १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ । साथसाथै कंसाकारसम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
‘अर्को आदेश नभएसम्म निवेदकको सांसद पद रिक्त भएको मानी निजको स्थानमा प्रतिनिधि सभा सदस्य पदमा विपक्षी मध्येका विन्दवासिनी कसांकारलाई स्थापित गर्ने २०७९।१२।२९ मा भएको निर्णय र सो सम्बन्धी पत्राचार एवं काम कारबाहीहरु थप कार्यान्वन नगरी हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितीमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) को खण्ड (क) बमोजिम विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई गराई नियमानुसार पेश गर्नू’, आदेशमा भनिएको छ ।
अदालतले निवेदक दुबै पक्षलाई छलफलमा राखेपछि मात्र अन्तरिम आदेश जारी गर्ने निष्कर्ष निकालेको छ । जसअनुसार जेठ ५ गतेलाई दुबै पक्षलाई छलफलमा बोलाइएको छ । त्यतिबेलासम्म श्रेष्ठमाथिको कारबाही कार्यान्वयन नगर्न अदालतले भनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी