मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

अनलाइनमार्फत रिपोर्टिङ नगर्ने सामुदायिक सिकाइ केन्द्रको अनुदान रोक्का हुने

सोमबार, २५ वैशाख २०८०, १७ : २३
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक सिकाइ केन्द्रलाई अनलाइनमार्फत रिपोर्टिङ गर्न अनुरोध गरेको छ । त्यसरी शैक्षिक सूचना व्यवस्थापन प्रणालीमार्फत रिर्पोटिङ नगर्ने संस्थालाई केन्द्रले अनुदान नदिने प्रष्ट पारेको छ । त्यसका लागि देशभरका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सामुदायिक सिकाइ केन्द्रलाई अनलाइन रिपोर्टिङ गर्न भनेको छ ।

केन्द्रले सामुदायिक सिकाइ केन्द्रको कार्यप्रणालीलाई व्यवस्थित, प्रभावकारी र एकीकृत बनाउने उद्देश्यले गत आर्थिक वर्ष २०७९–८० बाट सिकाइ केन्द्रले गरेका कार्यक्रमहरूको आधारमा अनलाइन मार्फत रिपोर्टिङ गर्ने अभ्यासको थालनी गरेको थियो । आगामी वर्षको बजेट तथा कार्यक्रममा शैक्षिक तथ्यांक भरी अनलाइन मार्फत रिपोर्टिङ गर्न भनेको हो । त्यसरी अनलाइनमार्फत रिपोर्टिङ गर्नें केन्द्रहरूलाई मात्र अनुदान दिने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।

स्थानीय तहले प्रयोग गरेको आईईएमएसको वेब ब्राउजरमार्फत सिकाई केन्द्रलाई लगइन गर्न गर्न अनुरोध गरेको छ । सहजीकरणका लागि शिक्षा विकास तथा समन्वय इकाई केन्द्रलाई समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ । सामुदायिक सिकाइ केन्द्रहरूले आफ्नो विवरण जेठ मसान्तसम्म अपलोड गरिसक्नुपर्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप