रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ । रक्षासम्बद्ध सञ्चारकर्मीलाई नेपाली सेनाले अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नेपाली सेनाको सांगठनिक स्वरूप, कार्यसंचालन प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
श्री मध्य पूर्वी पृतना हे.क्वा. को समन्वयमा आयोजित सो कार्यक्रमका सहभागीहरूलाई श्री नं.९ बाहिनीपति सहायक रथी श्री शक्तिजंग बस्नेतले स्वागत गरेका थिए । श्री जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी श्री कृष्ण प्रसाद भण्डारीले कार्यक्रमको उद्देश्य र महत्वका बारेमा जानकारी गराए । कार्यक्रममा, रक्षा मन्त्रालयका प्रतिनिधि उप-सचिव रामेश्वर पोखरेल तथा अधिकृतहरुको उपस्थिति थियो ।
अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सहभागीहरूबाट सिन्धुलीगढी युद्ध संग्रहालय लगायतको भ्रमण पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान