दही बेचेरै फेरिएको हरिप्रसादको जीवनशैली, मासिक ५० हजार आम्दानी

दाङ । देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुल्सीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन् । भैँसी पालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफ्नो जीविकोपार्जन गर्दै आएका हुन् ।
राजपुर गाउँपालिका–३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसी पालन व्यवसायमै बित्ने गरेको छ ।
४६ वर्षीय उनले बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर रु ९० सम्म बेच्ने गरेको बताए । आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ । दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ५० हजारसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
“गाउँमा सबैको घरमा भैँसी हुन्छन् । त्यसैले गाउँमा दही बिक्री हुँदैन”, यादवले भने,“राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु । बजारमा दही राम्रो बिक्री हुने गरेको छ ।”
बजारमा पुर्यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन् । यसरी कमाइएको पैसाले छोराछोरीको पढाइखर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादवले बताए ।
देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उनको भनाइ छ । यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ । व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैँसी पाल्न गरेका छन् ।
राजपुर गाउँपालिका–३ खरदरीयामा मात्रै भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आबद्ध छन् । किसानहरुले भैँसीको दूध डेरीले ल्याउने गरेको छ । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादवले बताए ।
“भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि कुनै समस्या छैन,” उनले भने, “ तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैयाँ महँगोमा बिक्री गर्न सकिन्छ।” दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रुपमा विस्तार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल