बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताएका छन् । सोमवार राष्ट्रियसभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे ।
उनले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अन्य नभएको समेत बताए ।‘आर्थिक वर्ष २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा नेपाल सरकारले प्रस्तुत गेका विषयमा छलफलमा छौँ । सिद्धान्त र प्राथमिकता हेर्दा बिराधै गर्नुपर्ने केही पनि छैन । समर्थन गर्नैपर्ने हो भने दुई, तीनवटा बाहेक अरु केही छैन’ उनले भने, ‘यसमा गरिनेछ, हुनुपर्छ बाहेक केही पनि छैन, यो सिस्टम २०१५ सालदेखि शुरु भएको अन्त्य भएको छैन । हरेक वर्ष शुरु हुन्छन्, अर्को आर्थिक वर्ष शुरु हुँदा आउँछन् र सकिन्छन्’
गौतमले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्ब भन्दा कमी रकमले नहुने स्पष्ट पारे । उनले राज्य व्यवस्था परिवर्तन भएपनि शासकीय स्वरुप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गरे । उनले भने, ‘४५ खर्बभन्दा बढीले यो लागू हुँदैन । मानिसलाई छक्याउने बाहेक केही पनि छैन । निर्वाचित भएर आउनेले मार खानुपर्छ । राज्य व्यवस्था परिवर्तन भयो, तर शासकीय स्वरुप उही छ । आर्थिक व्यवस्था, सामाजिक व्यवस्था त्यही छ । दुई दुई महिनामा सरकार परिवर्तन गर्ने लाजमर्दो यो व्यवस्था हाम्रो देशलाई बर्बाद गर्ने व्यवस्था भनेको संसदीय व्यवस्था हो ।’
गौतमले राजा फालेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरेको भए आज नेपाल अमेरिका भन्दा अघि हुने दावी समेत गरे । उनले भने, ‘हामी राम्रो व्यवस्थामा जाने हो भने सबैभन्दा पहिला प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँ ।’ सदस्य गौतमले दुई दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लगिँदै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतीय ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, १५० रनमै अलआउट
-
‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
-
रसुवाबाट २ किलो सुनसहित युवक पक्राउ
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?