विनियोजन विधेयकले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ : पूर्वमन्त्री पौडेल

काठमाडौँ । पूर्व शिक्षामन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले संसद्मा पेस भएको आगामी आर्थिक वर्षको विनियोजित विधेयकले अर्थतन्त्रको वास्तविक चित्रण गरेको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा पेस गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (कर बाहेकको) ले अहिलेको कठिन आर्थिक स्थितिको वास्तविकता बोकेको र यसको निराकरणमा बजेट केन्द्रित हुने प्रस्ट पारेको बताए ।
तर, उक्त विधेयकमाथि पार्टीहरूले सत्ता पक्ष र प्रतिपक्षको रूपमा प्रस्तुत भएको, टिका टिप्पणी भएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सत्तामा को छ र पहिले को थियो भन्ने होइन । हिजो पनि गठबन्धन थियो र आज पनि गठबन्धन छ । तर को थियो र को छ भन्ने तिर नलागौँ, मुलुकको वास्तविकतातर्फ सबै केन्द्रित हौँ’ पौडेलले भने, ‘अर्थमन्त्रीज्यूले पेस गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकताले वास्तविक अर्थतन्त्रको चित्रण गरेको छ । यसमा वस्तुपरक भएर छलफल गरौँ’ उनले भने ।
बढ्दो आर्थिक संकटका बीच आउने बजेटले सबै क्षेत्रको सुधार गर्ने गरी जानुपर्ने हुँदा सबै राजनीतिक पार्टीहरूलाई सक्रिय सहभागिताका लागि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ बजे मन्त्रिपरिषद् बैठक, हट्लान त कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?