मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टिभ जब्सको संक्षिप्त बालजीवनी प्रकाशित

सोमबार, २५ वैशाख २०८०, १२ : ३९
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवन कथालयले प्रकाशन गरेको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन् । भिक्टर प्रधानले सम्पादन गरेको पुस्तकमा थोमस शाहिन्यानको चित्र छ ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक Stay Hungry Stay Foolish छ । यसका मूल लेखक न्यून टोरोस्यान हुन् ।

‘भोको रहू, मूर्ख रहू’ भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवद्र्धक नारा हो । भोको मानिस जसरी भोक मेटाउन निकै खटेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ, त्यसरी नै मानिसहरू नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहून् भन्ने सन्देश जब्सले प्रवाह गरेका छन् । 

उनी युवालाई आफ्नो अन्तरमनले चाहेको कुरा हासिल गर्न लगनशील भएर प्रयत्न जारी राख्नुपर्छ भन्छन् ।

‘एप्पल’ कम्पनीका सहसंस्थापन जब्स आइफोनका जन्मदाता हुन् । अहिलेको प्रविधिको युगमा उनी महत्वपूर्ण आविष्कारक मानिन्छन् । उनको जन्म र हुर्काइ भने सामान्य अवस्थामा भएन । अविवाहित युवतीबाट जन्मिएका जब्सलाई अरू नै धर्ममाता÷पिताले स्वीकारेर हुर्काएका थिए । 

१० वर्षमै इलेक्ट्रोनिक्समा उनको रुचि बसिसकेको थियो । पछि कलेजमा पढाइप्रति उनको मन गएन । त्यसपछि उनले कस्ता हन्डर खाए, त्यसले उनलाई कतातिर डोर्‍यायो ? पुस्तकले सविस्तार वर्णन गरेको छ । 

धर्मपुत्रका रूपमा हुर्किंदाको पीडा, आफूले बनाएका योजना अफसल हुँदाको निराशा, कलेज जीवनका हन्डर अनि आफ्नै कम्पनीबाट बहिर्गमन हुनु पर्दाका कठिन दिन कस्ता थिए ? उनको संक्षिप्त जीवनीले प्रकाश पारेको छ । दुवै भाषामा २८ पृष्ठ रहेको पुस्तकको मोल २ सय ८० रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप