सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

बैठक कक्षबाट निष्काशन हुनबाट बालबाल बचे अमरेश, यस्तो छ कारबाहीको व्यवस्था

सोमबार, २५ वैशाख २०८०, १२ : ०९
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह सदनमा अनौँठो व्यवहार देखाएपछि विवादमा तानिएका छन् । तर, सभामुख देवराज घिमिरे सम्हालिएपछि उनी कारबाहीबाट जोगिएका छन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमबारे उल्लेख छ । जसको ख्याल नगरी सांसद सिंहले बोल्न समय  नपाएको भन्दै धमाधम कम्मरमाथिको कपडा फुकाले । 

त्यसपछि उनलाई सभामुख घिमिरेले नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गराए ।  नियम २१ को खण्ड ‘घ’ मा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्ने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्ने र असंसदीय शब्द प्रयोग गर्न नहुने ।’

तर, सांसद सिंहले यसलाई ख्याल गरेनन् पटक पटक सभामुखले सचेत गराउँदा पनि वास्ता गरेनन् । अति भएपछि सभामुख घिमिरेले सोही नियमावलीको नियम ३० अनुसार चेतावनी दिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ । र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । 

सो चेतावनीलाई पालना गर्दै अमरेशले आफूले खोलेको कपडा लगाउन सुरु गरे र कारबाहीबाट बचे । अन्यथा उनलाई सभामुखले नियम ३१ अनुसार बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्थे ।  त्यो पनि नमानेको भए मर्यादापालकको सहयोगमा बााहिर निकाल्न सक्ने व्यवस्था थियो ।

त्यसरी निकालिएका सांसद ३ दिनसम्म बैठकमा सहभागी हुन नपाउने नियमावलीमा व्यवस्था छ ।

kanun

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप