ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्छ : शर्मा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै शर्माले सरकारले जडीबुटी, जंगलको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘जडीबुटी, जंगलको संरक्षण र प्रवर्द्धनमा जोड गर्नुपर्ने देखिन्छ, उद्योग, व्यापारमा विशेष जोड गर्नुपर्छ, लगानीमा निजी सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यकता छ । काम गर्ने शैलीमा मितव्ययी, पारदर्शी र स्वच्छ, जबाफदेही बनाउनुपर्ने आवश्यकता देखिन्छ, समस्याको रूपमा महँगी भ्रष्टाचार र ढिलासुस्ती छ, यसलाई हामीले अन्त्य गर्नैपर्छ । महँगी घटाउने, भ्रष्टाचार शून्यमा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प