सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

...त्यसपछि फुकाले अमरेशले संसदमै लुगा, अनि भयो हंगामा (भिडियोसहित)

सोमबार, २५ वैशाख २०८०, ११ : ५१
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै स्वतन्त्र सांसद अमरेश कुमार सिंह आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले दुबै जनालाई बोल्ने समय दिएनन् ।

त्यसपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले ।  उनले सर्टदेखि भित्री भेस्टसम्म फुकाले ।

सांसद सिंहले धमाधम लुका फुकाल्न थालेपछि सभामुख घिमिरे नै एकछिन अलमलमा देखिए ।

त्यही क्रममा संसदका कर्मचारीहरुको सहयोग लिएर उनले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु । माननीय सदस्य तपाईं अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्, त्यस्तो अभिव्यक्ति नगर्नुस् । माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईँलाई चेतावनी दिन चाहन्छु । तपाईँ आफ्नो ठीक ढंगबाट बस्नुस् ।’

यस्तै अन्य सांसदहरुले पनि आसनबाट उठ्दै अमरेशको हर्कतको आलोचना गर्दै कारबाही हुनुपर्नेमाग समेत गरे । सभामुख घिमिरेले पटक पटक उनलाई चेतावनी दिइरहे । उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए ।

सभामुख घिमिरेले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि सांसद सिंह संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो ।

सभामुखको लगातारको चेतावनीपछि सांसद सिंहले आफूले फुकालेको लुगा लगाएपछि भने सदन सहज ढंगले अगाडि बढ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप