समाचार
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
सोमबार, २५ वैशाख २०८०, ११ : ०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ ।
सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका हुन् ।
रास्वपाको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण