‘वरिष्ठ बलराम’ बन्दै खगेन्द्र
सोमबार, २५ वैशाख २०८०, १० : ४०

काठमाडौंँ । फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए । अहिले भने नाम सार्वजकि गरिएको हो । सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझी मुख्य भूमिकामा रहनेछन् । अहिले विदेशमा रहेकी दिब्या फिल्मकै लागि केही समयमा नेपाल आउने बताइन्छ ।
फिल्मको पटकथा समेत खगेन्द्रले नै तयार गरेका छन् । भदौको पहिलो सातादेखि फ्लोरमा जाने फिल्म निर्माता अधिकारीले श्याम कँडेल र ओम अग्रवालसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् । साढे २ करोडको बजेट बताइएको फिल्म काठमाडौँ र वीरगञ्जमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते