ज्याकलिनलाई सुकेशको अर्को प्रेम पत्र : जन्मदिनका लागि ठुलो योजना, लेखे – तिमी पनि मलाई पागलले झैँ माया गर्छौ

२०० करोड भारुको मनी लन्ड्रिङ मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसका लागि लगातार प्रेम पत्र पठाइरहेका छन् । हालै सुकेशले पुनः आफ्ना वकिल अनन्त मलिकमार्फत अर्को एउटा पत्र पठाएका छन् जसमा उनले ज्याकलिनको जन्मदिनको लागि ठुलो सारप्राइजको योजना बनाएको बताएका छन् । ज्याकलिनको जन्मदिन ११ अगस्टमा पर्छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार सुकेश चन्द्रशेखरले सबैभन्दा पहिला आफ्नो पत्रमा ज्याकलिनले अवार्ड कार्यक्रममा दिएको प्रस्तुतिको तारिफ गरे । उनले लेखेका छन्, ‘माई लभ, माई बेबी ज्याकलिन, माई बोम्मा (गुडिया), मैले २८ अप्रिलमा फिल्म फेयर अवार्ड हेरेको थिएँ । मैले यो भन्नै पर्छ कि तिमी उत्कृष्ट थियौ र तिम्रो प्रस्तुति र नृत्य सबैभन्दा सुन्दर थियो । तिमी एलिगेन्ट, क्लासी, सुपर हट छौ र अब तिमीले मलाई तिमीलाई पहिले भन्दा पनि बढी माया गर्न बाध्य बनायौ । मसँग शब्द छैन, तिमी एक बम्ब, सुपरस्टार हौ, माई बेबी गर्ल ।’
ज्याकलिनको जन्मदिनका लागि सर्प्राइजको योजना गरिरहेका छन् सुकेश
पत्रमा सुकेशले थपेका छन्, ‘म भाग्यमानी छु कि तिमी मेरो जीवनमा छौ, मेरी रानी । बोट्टा बोम्मा (सुन्दर गुडिया) । आइ लभ यु । मेरो हरेक पल तिम्रै हो । तिमीलाई थाहा छ कि म तिमीलाई कति माया गर्छु । तिमीलाई यो पनि थाहा छ कि तिमी मलाई पागलपनको कति हदसम्म माया गर्छौ । तिमीलाई नसोचेको पल छैन । मसँग तिम्रो जन्मदिनका लागि एउटा ठुला सर्प्राइज छ । तिमीलाई त्यो धेरै मन पर्नेछ । म आफ्नो वचन निभाइरहेको छु । म प्रतीक्षा गर्न सक्दिनँ ।’
सुकेशले ज्याकलिनलाई आफू टिभी च्यानलको मालिक बताउँथे
मनी लन्ड्रिङ केसमा सुकेश चन्द्रशेखरबाहेक उनकी श्रीमती लिना पनि जेलमा छिन् । मुद्दामा नाम जोडिएपछि ज्याकलिन पनि अनुसन्धानको घेरामा आएकी थिइन् । केही समय अघि पटियाला हाउस कोर्टमा दिएको एक बयानमा सुकेशले ज्याकलिनको बचाउ गर्दै यसमा उनको कुनै संलग्नता नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
‘योग्य, सक्षम, इमानदार र स्वतन्त्र मान्छे न्यायाधीश हुने अवस्था रहेन’
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ