यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने
सोमबार, २५ वैशाख २०८०, १० : १८
काठमाडौँ । यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।
यससम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
यूनिटेक हाइड्रोपावरले सर्वसाधारणका लागि रु.१०० अंकित दरको ३६ लाख ६७ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्गमा ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल