बालकथा : इमानदारी
राजु साह्रै मिहनेती र इमानदार केटो थियो । ऊसँग भौतिक सम्पत्ति त खासै थिएन । गरिबीमै जन्म्यो, गरिबीमै हुर्क्यो । बाबु असमयमै बितेकाले पढाइ लेखाइमा पनि खासै ध्यान दिन पाएन । घर खर्च जुटाउन आमासँगै मेलापातमा जान्थ्यो जो मिलेको ज्याला मजदुरीले गुजारा चलाउने गर्थ्यो तर इमान्दारीताको भने सिङ्गो पहाड नै थियो भन्दा हुन्छ । पितापुर्खाका पालादेखि जम्मा हुँदै आएको यस अनमोल सम्पत्तिलाई घट्न दिएको थिएन उसले ।
राजुको इमान्दारीताबाट प्रभावित भएर पल्लो गाउँका एक जना सेठले आफ्नो कारखानामा काम दिए । ऊ दैनिक बिहान सबेरै कारखानामा आउँथ्यो र दिनभर थकाइ, भोक, तिर्खा केही नभनी काम गरेर साँझ फर्कन्थ्यो । न लप्पन छप्पन न काममा ठगी । साथीहरू दिउसो चिया चमेना लागि निस्कन्थे । ऊ भने त्यस समयलाई समेत काममा लगाउने गर्थ्यो । हरेक जाडो र गर्मी एक जोर चप्पल र पातलो सर्ट पाइन्टमै बित्ने गर्थ्यो ।
एक पटक गाउँमा कडा ठन्डी मच्चिएको थियो । मानिस प्रायः घर बाहिर निस्कँदैनथे । निस्कनै परे पनि त्यस्तै बाक्लो कपडा र जुत्ताको व्यवस्था गरेका हुन्थे तर गोपाल भने त्यस्तो जाडोमा पनि उही पातलो सर्ट पाइन्टमा कारखाना आएको देखेर सेठजीको मन पग्लियो । उनले आफ्नो बाक्लो एक जोर पुरानो सुट निकालेर दिए । यसो त सुट नयाँ नै थियो । अलिकति सानो भएकाले किनेको केही पहिले नै भए पनि लगाएका थिएनन् ।
राजुले सुट लिएर गयो तर लाने बित्तिकै लगाउने काम भने गरेन । दुईचार दिन त्यत्तिकै राख्यो । घरकाले पनि खासै ध्यान दिएका थिएनन् । केही दिनपछि जब सुट लगाउने विचार गरेको थियो कोटको खल्तीमा रु १००० दरको बीसबटा नोट देखेर सातो उड्यो । उसले त्यसलाई थाम्न सकेन र भोलिपल्टै सेठजीको घरतिर दौड्यो ।
एकाबिहानै राजु हस्याङफस्याङ गर्दै आएको देखेर सेठजीले सोधे–
‘के भो राजु ! एका बिहानै आयौ नि ? जहान परिवार ठिकै त छन् ?’
राजुले बेलिबिस्तार लगाउँदै भन्यो–
‘अरू त ठिकै छ मालिक ! एउटा कुराले भने मन पोलेको छ । त्यसैले तपाईँलाई भेट्न आएको ।’
‘पेट पोल्यो रे ? भनन राजु ! के कुराले पेट पोलेको हो ?’
‘हिजो साँझ एउटा भोजमा जान मालिकले दिनुभएको सुट लगाउन खोजेको थिएँ कोटको खल्तीमा २० हजार राखिएको रहेछ । कसले किन र कहिले राखेका हुन् देख्नासाथ मेरो त होसहवासै उड्यो । त्यसैले बिहानै त्यही कुरा भनौँ भनेर आएको हुँ ।’
राजुको कुरा सुनेर सेठजी झल्याँस्स भए । उनी त्यही पैसा राखिएको ठाउँ बिर्सेर हैरान थिए । भएको के थियो भने केही दिन अघि उनलाई कसैले २० हजार सापटी तिर्न ल्याएको थियो । उनले पनि थन्क्याउँला भन्ने ठानी तत्काल त्यही सुटको खल्तीमा राखेका थिए तर भइदियो के भने कामको चापले पछि राखेको ठाउँ नै बिर्सेका थिए ।
त्यसपछि सेठजीलाई हराएको पैसा पाएको खुसीभन्दा राजुको इमान्दारीता देखेर दया लाग्यो । उनले त्यो पैसा उसैलाई दिन चाहे तर राजुले मानेन । उल्टै दुई हात जोर्दै भन्न लाग्यो–
‘मालिक ! मसँग भौतिक सम्पत्ति छैन । मेरो सम्पत्ति भने पनि जे भने पनि यही इमान्दारीता हो, जुन बाबु बाजेको विरासतमा प्राप्त भएको छ । यसलाई समेत धक्का लाग्ने काममा नउक्साइदिनुभए आभारी हुने थिएँ ।’
राजुको कुरा सुनेर सेठजी थप प्रभावित भए । त्यसपछि उनले कारखानाको आधा शेयर उसैको नाममा बनाइदिए । त्यस दिनदेखि राजुले थप लगनका साथ काम गर्न थाल्यो । फलतः कारखानाले दिन दुई गुणा रात चौगुणाको दरले प्रगति गर्दै गयो र एक दिन राजु नगरको ठुलो सेठको पङ्क्तिमा गनियो ।
यसरी राजुले पहिले कारखानालाई सघायो पछि कारखानाले उसलाई उठायो । अथवा यसलाई यसरी पनि भनौँ पहिले राजुले सेठलाई सघायो पछि सेठजीले राजुलाई उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै