नबिल बैंकले ल्यायो 'नबिल ढुक्क बचत खाता'

काठमाडौँ । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको हो।
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्। त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहकले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल