बलिदानीको कथा हो महिला श्रमिक दिवस
सिमा गिरी
अहिले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छौँ । यो आज विश्वभरि पर्वका रूपमा मनाइन थालिएको छ । यो नारी दिवस मनाइनमा पनि धेरै महिलाको त्याग तपस्या बलिदानी र उमेर खर्चेका थिए । सन् १९११ बाट विधिवत रूपमा मनाइँदै आएको यो नारी दिवस यहाँसम्म पुग्दा धेरै उतारचढाव भोग्दै आएको छ । अमेरिकाको न्युयोर्क सहरको कपडा मिलका महिला मजदुरहरूले सन् १८९७ मार्च ८ का दिन ८ घण्टा काम र समान कामको समान मजदुरी, महिला मजदुरलाई पनि ट्रेड युनियनको अधिकार, मातृशिशुको सुरक्षा र मताधिकारको अधिकार लागयतका माग राखी सुरुमा र्याली, सभा र पछि आमहड्तालसम्म गरेका थिए । यही नै महिलाहरूको सङ्गठित र पहिलो विद्रोह हो । यसरी सुरु भएको महिलाको सङ्गठित विद्रोह सन् १९०७ मा गएर समाजवादी महिलाहरूले क्लाराजेटिकनको नेतृत्वमा जर्मनको स्टगार्डमा पहिलो सम्मेलन भयो । यहाँ १५ देशका ५६ महिलाको सहभागिता भएको थियो ।
यतिमा अधिकारहरू पाएका थिएनन् । अझै आन्दोलन सशक्त बनाउँदै जाँदा १९०९ को ८ मार्चमा आन्दोलनबाटै केही अधिकार प्राप्त भए । यही दिनको सम्झना स्वरूप भनौँ अथवा सङ्गठित महिला आन्दोलनभएको दिनको सम्झना स्वरूप ८ मार्चलाई महिला श्रमिक दिवस बनाउनका लागि १९१० को ८ मार्चमा डेनमार्कको राजधानी कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रि निणर्य गरेको थियो । यसको एक वर्ष पछि अथवा १९११ को ८ मार्चबाट संसारभरिका महिलाहरूले यो दिवस मनाउँदै आएका छन् ।
आजको सन्दर्भमा यसको महत्व र गरिमालाई हामी नेपाली महिलाहरूले कसरी बुझ्ने ? यसमा केही परिमार्जन गर्नुपर्छ अथवा पर्दैन ? के हिजोका अधिकार मात्र आजको २१औँ शताब्दीमा पुग्छन् ? मलाई लाग्छ हिजोका ती मागहरू त्यो समयमा ठीक थिए आज संसार धेरै अगाडि पुगिसकेको छ । विज्ञान प्रविधिले संसारलाई सानो घेरामा पुगाएको छ ।
संसार जहाँ पुगे पनि नेपालको सन्दर्भमा अहिले पनि महिलाहरू दोस्रो दर्जाका रूपमा नै छन् । केही महिलाहरू प्रतिनिधित्वको रूपमा राज्यका माथिल्लो तहमा पुगे पनि आम रूपमा नेपाली महिलाहरूको अवस्था दुःखदायी नै छ ।
सङ्घीय गणतन्त्र नेपालमा महिलाहरूलाई संविधानमा धेरै अधिकार दिएका छन् । यो पछिल्लो समयमा भएको ठूलो परिवर्तन हो । यसरी पनि भन्न सकिन्छ महिला अधिकारको लागि फड्को नै हो । तर व्यवहारमा धेरै चुनौतीहरू छन् ।
पितृसत्तात्मक सोचका कारण धेरै कुराहरू भने जसरी सहज हुँदैन । वर्षौदेखि अवसबाट वञ्चित हुँदै आएका महिलाहरूलाई कानुनी व्यवस्थाले मात्र तत्काल समान सहभागिताको अवस्थामा पुगाउन सकिँदैन । यसका लागि त सबैले इच्छा शक्ति देखाउनुपर्छ ।
यहाँ सबैमा एउटा अर्को भ्रम के छ भने महिलाहरू दोस्रो दर्जामा मानिनुमा तिनीहरूमा पुरुषहरूभन्दा कमजोर छन् र बुद्धि पनि कम हुन्छ र संरक्षण दिनुपर्छ तर यस्तो होइन । कुनै पनि काम गर्न र सफलता पाउन आफूमा आत्मविश्वास हुनुपर्छ ।
नेपालमा अहिले महिला साक्षरता पनि बढेको छ । तथ्याङ्क भन्छ महिलाहरू ५६.४ प्रतिशत साक्षर छन् । यो भनेको सन्तोषजनक हो ।
पछिल्लो समयमा हरेक क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता छ । यसबाट के देखिन्छ भने महिलामा नेतृत्व विकास भएको छ । तर जति हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । विडम्बना मुख्य नेतृत्व लिन सवालमा भने अझै पनि महिलाहरू आफै पितृसत्ताको जातोमा पिसिएका छन् । महिला आफैमा पनि आफूलाई कमजोर ठान्ने प्रवृत्ति छ । यसलाई हटाउनु नै पर्छ । आफूभन्दा पुरुषलाई नै सक्षम र बलिया देख्ने प्रवृत्ति हटाउनुपर्छ ।
हामीले आफूलाई सक्षम बनाउन सकेनौँ र आफैमा कुण्ठा पालेर बस्याँै भने अझै आफ्नै कारणले पछाडि पर्नुपर्ने हुन्छ ।
महिला पुरुष शारीरिक रूपमा नै बनावटमा फरक छ । महिलाहरू जैविक रूपमा पुरुषभन्दा बलिया हुने विज्ञानले देखाएको छ ।
नेपाली महिलाहरूलाई पछाडि पार्नुमा सम्पतिमाथिको हकको कारणले पनि हो । नेपालमा पुरुषहरू अथवा छोराले जन्मजात सम्पत्तिमाथि हक पाउँछ । तर महिलाले भने यो हक पाएका थिएनन् । भरखर हक त पाएका छन् तर त्यो व्यवहारमा उर्तान धेरैमा समस्या देखिएको छ ।
यसैमा धेरै भ्रम छ । सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा अधिकार दिए पुग्छ भन्ने भ्रम छ । तर यस्तो होइन । जब मानिस आर्थिक रूपमा सबल हुन्छ, उसले निर्णय स्तरमा पनि भूमिका निभाउँछ ।
समान अधिकार पनि पाउनुपर्छ । कुनै समयमा मतदानको अधिकार पाउनु नै ठूलो कुरा थियो । तर आज समान अधिकार चाहिन्छ भनेर नै सङ्घीय गणतन्त्र नेपालमामा समावशी र समानुपातिक व्यवस्था भएको छ । यसलाई त्यो वर्गमा पुगाउन अहिले पनि राजनीतिक नेतृत्व सक्षम र सबल देखिएको छैन । आज जसरी राजनीतिमा समानुपातिक र समावेशीको नाममा विकृति भएको छ त्यसले राजनीतिलाई केही हदसम्म बदनाम गरेको छ ।
संसारमा आज भएका सबै परिवर्तन राजनीतिक सक्षमतामा भएको हो । हामीले पनि त्यो शिक्षा सिक्नु अनिवार्य छ ।
आज हामीहरू १०७औँ महिला दिवस मनाइरहँदा आजको परिवर्तन ल्याउनमा पनि महिलाको महत्वपूर्ण योगदान छ । आज जति हक अधिकार पाएका छौँ यसमा महिलाको त्याग तपस्या, बलिदानी र जीवनका धेरै उकाली ओराली र मिहिनेतको फल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
अफगानिस्तानपछि नेपालले बलियो दक्षिण अफ्रिकालाई पनि हरायो
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी