डि गेयाको गल्तीमा वेस्ट हामसँग जिल्लियो युनाइटेड

काठमाडौं । हालसम्म २० पटक उपाधि जितिसकेको म्यानचेस्टर युनाइटेडले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा भने अर्को खराब नतिजा ब्यहोरेको छ । आइतबार राति खेलिएको खेलमा वेस्ट हाम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १—० गोलले हरायो ।
वेस्ट हामको जितमा सइद बेनरहमा नायक बने भने युनाइटेडका गोलकिपर डेभिड डि गेया खलनायक । डि गेयाको गल्तीको फाइदा उठाउँदै बेनरहमाले खेल सुरु भएको २७औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई खुसी बनाए । हारका बाबजुद म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ ।
म्यानचेस्टर युनाइटेडले ३४ खेलबाट ६३ अङ्क बटुलेको छ । म्यानचेस्टर युनाइटेडले उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ । वेस्ट हाम ३५ खेलबाट ३७ अङ्क जोड्दै तालिकाको १५औँ स्थानमा आसीन छ ।
जारी सिजनको इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल उपाधि होडमा देखिएका छन् । म्यानचेस्टर सिटीले ३४ खेलबाट ८२ र आर्सनलले ३५ खेलबाट ८१ अङ्क जोडेका छन् ।
म्यानचेस्टर युनाइटेडले सन् २०१२÷१३ सिजनपछि प्रिमियर लिगको उपाधि चुम्न सकेको छैन । म्यानचेस्टर सिटी भने प्रिमियर लिगको साबिक विजेता क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो