सिटीलाई पछ्याउँदै आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले आइतबार राति भएको खेलमा न्युक्यासललाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।
जितसँगै आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पनि घटाएको छ । यद्यपि, आर्सनलले सिटीभन्दा एक खेल बढी खेलेको छ ।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे । खेल सुरु भएको १४औँ मिनेटमै उनले आर्सनललाई अग्रता दिएका थिए । उनले जोर्गिन्होको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
आर्सनलले एउटा आत्मघाती गोल उपहार पाएको थियो । निर्धारित समयको ७१औँ मिनेटमा न्युक्यासलका फाबियन शारबाट आत्मघाती गोल भएको थियो ।
जितसँगै आर्सनलले आफूलाई प्रिमियर लिगको उपाधि होडमा कायम राखेको छ । आर्सनलले तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीसँगको दूरी १ अङ्कमा झारेको छ ।
तालिकाको शीर्ष स्थानमा आसिन म्यान सिटीले ३४ खेलबाट ८२ अङ्क बटुलेको छ । आर्सनलले भने ३५ खेलबाट ८१ अङ्क जोडेको छ । पराजित टोली न्युक्यासल भने ६५ अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । न्युक्यासलले हालसम्म ३४ खेल खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक
-
पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
-
विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर
-
एमाले मोरङको अधिवेशन उद्घाटनमा प्रधानमन्त्री ओली आउने
-
राप्रपाको प्रदेशस्तरीय आमसभाको तयारी पूरा