टेक्सासको सीमावर्ती सहरमा कारले ठक्कर दिँदा सात जनाको मृत्यु
टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८:३० बजे भएको थियो।
कम्तिमा छ जना अन्य घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । यसअघि अमेरिकी सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै यो नियोजित हमला भएको बताएको थियो।
नजिकैको विशप एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले बीबीसी वर्ल्ड सर्भिसको न्युज आवर कार्यक्रममा सीसीटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती छलेर दौडिरहेको र तीव्र गतिमा बस स्टपमा पुगेको देखिएको बताएका छन् ।
घटनापछि चालकलाई उपचारका लागि अस्पताल लगिएको र लागुऔषध र मदिरा परीक्षण गरिएको प्रहरीले जनाएको छ । उनले अधिकारीसँग असहयोग गरेको बताइएको छ । अमेरिकी सीमा सुरक्षा अधिकारीहरूका अनुसार ब्राउन्सभिल सहरमा हालै अवैध आप्रवासीहरूको आगमनमा तीव्र वृद्धि भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति