प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजराजत

अहमदाबाद । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले ५१ औं खेलमा लखनउ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गर्यो । लखनउमा गुजरातको यो लगातार चौथो जित हो। यो सिजन गुजरातले आठौँ जित हात पारेको छ । अहिले टोलीको १६ अंक छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो । जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सके ।
गुजरातका लागि ओपनर शुभमन गिलले अविजित ९४ र ऋद्धिमान साहाले ८१ रन बनाए । लखनउका लागि मोहसिन र आवेशले एक एक विकेट लिए ।
जवाफमा क्वीनटन डिककले ७० र काइल मेयर्सले ४८ रन बनाएपनि लखनउलाई जीतसम्म डोर्याउन सकेनन् । आयुष बडोनीले २१ रन जोडे। मोहित शर्माले चार विकेट लिए । मोहम्मद सामी, राशिद खान र नूर अहमदले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो