सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंदा छोराछोरी अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । उनीहरूले जङ्गली खाने कुरा खाएर बिरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल