सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शरणार्थी प्रकरणमा ‘केपी ओली’माथि समेत छानबिन गर्न मेटमणी चौधरीको माग

आइतबार, २४ वैशाख २०८०, १७ : ३१
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले त्यतिबेलाको सिंगो सरकार नै यो प्रकरणमा लागेको दाबी गरे । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल रहेका थिए । 

उनले भने–‘तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्च पदस्थ कर्मचारी र मन्त्रीहरुको समेत नाम मुछिन थालिएको छ र स्वीकार गरिने क्रम जारी छ । संभवत मलाई के लाग्दैछ भने स्वयं तत्कालीन सरकारले नै यो आपराधिक कार्यमा लागेको देखिएको थियो । त्यसैले जो जो यो कार्यमा विगतमा संलग्न थिए, त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । उहाँलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ । अनिमात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो त्यो कुरा पत्ता लाग्न सक्छ ।’ 

उनले नागरिकता सम्बन्धी कानुन बनाएर सबै नागरिकलाई नागरिकता दिने काम गर्नपनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप