एमालेलाई माधव सापकोटाको आग्रह : टोपबहादुरलाई इमानदारिताका साथ बुझाउनुस्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली शरणार्थी ठगी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई इमानदारिताका साथ बुझाउन एमालेलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री प्रचण्डले बोलेका कुरालाई एमालेले विषयान्तर गर्न खोजेको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध हो भने टोपबहादुरलाई बुझाउन आग्रह गरे ।
प्रचण्डले भ्रष्टाचारी माथि सरकारले टेलर देखाएको अब फिल्म देखाउन बाँकी छ भन्ने अभिव्यक्तिलाई एमालेले खिसीटिउरी गरेको बताउँदै उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन