अमरेशको प्रश्न : सबै दलका नेता बाँडिचुँडी खाने, कर्मचारी मात्र फस्ने ?

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपालमा भएका भ्रष्टाचारका काण्डहरूमा नेताहरू जोगिने र कर्मचारीहरू मात्र फस्ने प्रवृत्ति देखिएको जिकिर गरेका छन् ।
उनले मिलीजुली गरेर राजनीतिक व्यक्तिलाई उन्मुक्ति दिने कुरा अब स्वीकार्य नहुने बताएका हुन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले नेपालमा सर्वदलीय भ्रष्टाचार मौलाएको बताए । उनले भने, ‘हाम्रो देशको प्रमुख समस्या भनेको भ्रष्टाचार हो । खास गरी २०६३ साल यता सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल बन्न गएको छ । यसलाई सर्वदलीय भ्रष्टाचार किन भनेको भने सबै दलका नेताहरू मिलेर बाँडिचुँडी खाने, कर्मचारी फसाउने नेताहरू जोगिने ।’
सुडान घोटालामा त्यो भ्रष्टाचार नजिकबाट देखेको उनले जिकिर गर्दै त्यो बेला तीनजना आईजीपी जेल गएको तर राजनीतिक नेतृत्व चोखिएको स्मरण गराए । ‘अहिले पनि भुटानी शरणार्थीको नाममा सरी कमिटी गठन भयो, कसरी मन्त्रालयले समय दियो भन्ने मसँग सबै डकुमेन्ट छ । मुख्य सचिवको हस्ताक्षर समेत छ । विभिन्न अडियोहरु आइरहेका छन् । एउटा बहालवाला सचिव नेपालको इतिहास पहिलोपटक पक्राउ परेका छन् । तर त्यो बेलाको मन्त्री कसरी चोखो हुने ?’
भारतमा रेल दुर्घटना हुँदा तत्कालीन रेलमन्त्रीले राजीनामा दिएको प्रसङ्ग सम्झाउँदै यस प्रकरणमा तत्कालीन मन्त्रीले पनि जिम्मेवारी लिनुपर्ने जिकिर गरे । हालसम्म भएका सबै भ्रष्टाचारको अध्ययन गर्न अधिकार सम्पन्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रश्न : सरकारले डाक्टरले दिएको राजीनामा किन स्वीकृत गर्दैन ?
-
ईपीएसमार्फत कोरिया जाने श्रमिकहरूको उडानमा ढिलाइ, के भन्छ ईपीएस शाखा कार्यालय ?
-
माघ महिनामा तीन हजार बढी फरार प्रतिवादी पक्राउ
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला