सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

विप्लव र दीपकबीच ‘गैर राजनीतिक’ भेटघाट

आइतबार, २४ वैशाख २०८०, १६ : ०८
आइतबार, २४ वैशाख २०८०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र कलाकार दीपकराज गिरीबीच भेटघाट भएको छ । दीपकले आफ्नो फेसबुक अकाउन्टमार्फत यसबारे जानकारी दिएका हुन् । 

दीपकले आफू र विप्लवको तस्बिर पोस्ट गर्दै उक्त भेटघाटलाई गैर राजनीतिक बताएका छन् । उनले लेखेका छन्, ‘गैर राजनीतिक भेटघाट । तर कुराकानीको केन्द्रबिन्दु देश !!!’

उनको यो तस्बिरमा थुप्रैले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिले दीपकलाई विप्लवको पार्टीमा गएको हो भन्दै प्रश्न गरेका छन् भने कतिले छक्का पञ्जाको अर्को संस्करणमा विप्लवलाई अभिनय गर्न लगाउन लागेको हो कि भन्दै प्रश्न पनि गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप